पशु सेवा तथा पशुपालन क्षेत्रको दिगो विकासलाई लक्षित गर्दै पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पा वि.सं. २०७५ मा स्थापना भएको हो। यस केन्द्रले जिल्लाभरका किसान, पशुपालक तथा सरोकारवालाहरूमाझ आधुनिक पशु स्वास्थ्य सेवा, परामर्श तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।
आधुनिक पशु स्वास्थ्य प्रविधि, वैज्ञानिक परामर्श र गुणस्तरीय उपचार प्रणालीमार्फत पशुपालक किसानहरूको जीवनस्तर उकास्न, पशु उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, र पशुपालन व्यवसायलाई आत्मनिर्भर बनाउनु हाम्रो मुख्य उद्देश्य हो।
यस केन्द्रले जिल्लाभरका किसान तथा पशुपालकलाई पशु स्वास्थ्य, प्रजनन, पोषण, रोग नियन्त्रण, भ्याक्सिनेशन, पशु बीउ उत्पादन तथा अन्य आधुनिक प्रविधिमा आधारित सीप अभिवृद्धि सम्बन्धी सेवा तथा तालिम प्रदान गर्दै आएको छ। साथै, हामीले दिगो पशुपालन प्रवर्द्धनका लागि समुदायस्तरमा सहज र प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएका छौं।